२०८१ माघ २४ गते शुक्रवार

राजनीतिका बिगुल फुक्दै क्रान्ति शिखा धिताल



असाेज १३

लुम्बिनी प्रदेशको दाङ जिल्लाको घोराहीमा आयोजित विशेष कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य क्रान्ति शिखा धिताल सहभागी हुनु भएको छ ।

दाङ जिल्लाकी छोरी धितालले समाजमा व्याप्त गरिबी , विकृति,विसंगति र अन्यायको बारेमा खुलेर आवाज उठाउने साहासिक छोरीको रूपमा परिचित धिताल दाङ जिल्लाबाट उदाएकी राजनीतिक वृत्तकी तारा हुन ।

साहासिक महिलाको रुपमा परिचित धिताल स्पस्ट वक्ता, मृदुभाषी र राजनीतिक ज्ञानकी धनी मानिन्छिन् ।

बाल्यकालदेखि समाजका विकृति विसंगतिका विरुद्धमा खुलेर आवाज उठाउँदै समाजका कलंकित तत्वहरूका बारेमा लड्न तयार रहने उनै धिताल आज भोलि राजनीतिक वृत्तमा दाङबाट अगाडि आएकी छिन ।

आज आयोजित कार्यक्रममा आउने निर्वाचनमा राजनीतिक दलका नेताहरुलाई खरो जबाफ दिँदै , अबको राजनीतिक ठगेर , ढाँटेर चल्ने बाला छैन , भ्रष्ट नेता तथा पार्टीलाई जनताले नजिकबाट चीनी सकेको हुनाले आफूलाई राजनीतिक मैदानमा आउने चुनावमा तयारी भएर आउन आग्रह गर्नु भयो ।

दाङ उपत्यकाको रूपमा परिचित भएपनि आफूलाई राजनेता भनाउँदाहरूले यहाँको विकाशमा ध्यान नदिदा सुन्दर नगरी दाङको पर्यटन , शिक्षा ,स्वास्थ्य र अन्य विकास चाहे जस्तो हुन नसकेको उनले बताइन् ।

प्रखर वक्ताको रूपमा परिचित धिताल आम जनताको हरेक समस्यालाई नजिकबाट बुझेर समस्याको उपायहरू खोजिरहने अशल ब्यक्तित्व भएकी महिला पात्र हुन ।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार