२०८० मङ्सिर २४ गते आइतवार

वैदेशिक रोजगारीका लागि खाडी मुलुक साउदी अरब गएका झापा हल्दिबारीका एक युवकको मृत्यु



वैदेशिक रोजगारीका लागि खाडी मुलुक साउदी अरब गएका झापा हल्दिबारीका एक युवकको मृत्यु भएको छ । साबिक गोलधाप गाविस- ३ हाल हल्दिबारी गाउँपालिका- १ निवासी होमनाथ भुर्तेलका कान्छी छोरीको जेठा छोरा विजय रिमाल मृत्यु भएको छ साउदी अरब गएका उनको हप्ता दिनभित्रै मृत्यु भएको जनाइएको छ ।

त्यहाँ पुगेपछि बिरामी परेका कारण विजयको मृत्यु भएको नेपाली काँग्रेसका जिल्ला सदस्य इन्द्र कार्कीले राप्ती सञ्चार अनलाइन जानकारी छ ।

उनको शव शुक्रबार काठमाडौँ आइपुगेको र राति १ बजे सम्ममा गोलधाप ल्याइपुराउने जानकारी प्राप्त भएको छ । परिवारजनका अनुसार आज बिहान कनकाई नदीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार