
बुटवल । बुटवलामा जारी नेकपा एमाले लुम्बिनी प्रदेशको निर्वाचनमा चार सय मत खसेको छ । अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालले उम्मेदवारी दिएका छन् ।
अध्यक्षमा दुई जनाको उम्मेदवारी परेपछि लुम्बिनी प्रदेशमा स्पष्ट रुपमा दुई गुट देखिएको छ ।
पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका कारण लुम्विनी प्रदेश गुटमा विभाझन भएको हो । अब मतगणानाको तयारी भईरहेको छ । अबको केही समयमा विजयीका बारेमा थाहा हुनेछ ।
प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार