२०८० फाल्गुन २१ गते सोमवार

तिलक ओलीको सब्द,संगीतमा “पुतली भुरुभुरु” बजारमा भिडियो सहित




साउन १०
हिन्दु नारिहरुको महान चाड तीज नजिक आउदै गर्दा यस बर्ष तिलक वलि नयाँ गित बजारमा ल्याएका छन् तीज गीत समेटेर “पुतली भुरु भुरु” गीत बजारमा आएको छ तिलक ओली काे आफ्नाे अफिसियल युटुब च्यानल बाट बजारमा आएकाे छ भूपू मायाको सम्झनामा अमेरिकामा बस्दै आएका तिलक ओलीले यो गीतलाई आफै लेखका छन् भने लय पनि आफैले बनाएका छन् चर्चित गाएक पशुपति शर्मा र सुनिता मगरको स्वर रहेको गीतलाई म्युजिक एरेन्ज भने बिनोद बाजुरालीको रहेको छ स्टुडियो मालश्रीमा रेकड भएको गीतलाई सागर बाजुराली र गोबिन्द पराजुलीले रेकडिङ्ग र खडक बाजुरालिले मिक्सिङ्ग गरेका छन् । निशान बानियाको निर्देसन,प्रकाश खड्काको क्यामरा बाट तयार भएको भिडियोलाई सुजन कोइरालाले सम्पादन गरेका छन् भने अमर सुनारको कोरियोग्राफी र रोनिसा अधिकारीको मेकअप रहेको छ ।
भिडियोमा चिरन्जिबी डागी र रेनुका खड्काको दमदार डान्स रहेको छ भने मन्जित पहाडी, चन्द्र ओली,खेम ओली,सागर ओली,चन्द्र जोसी र मान जिसी प्रस्तुत गरिएको छ

भिडियो

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार