राष्ट्रिय स्वतन्त्र पार्टीबाट निश्कासित ढाकाकुमार श्रेष्ठले आफूलाई समानुपातिक सांसद बनाउँदा पार्टीका उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकालले तीन करोड लिएको दावी गरेका छन् ।
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड ५० लाख रुपैयाँ मागेको टेलिफोन संवाद बाहिरिएपछि चर्चामा आएका ढाकाकुमारले सभापति रवि लामिछानेनिकट अर्याल र ढकाललाई पार्टी कार्यालय र रेस्टुरेन्टमै पुगेर पैसा दिएको दाबी गरेका छन्।
‘रविजीको कोर टीममा रहेका खास–खास व्यक्तिहरूले तपाईंलाई सांसद बनाइदिन्छम्,तीन करोड पैसा दिनुहोस् भनेपछि नाइँ भन्ने कुरै भएन,’उनले भने, ‘मैले शुरुमा मुकुलजीलाई एक करोड दिएँ । उहाँ पार्टी कार्यालय छेउको रेस्टुरेन्टमा हुनुहुन्थ्यो । पछि कार्यालयमै गएर डीपीजी र मुकुलजीलाई एक करोड ८४ लाख दिएँ ।’
प्रकाशित मिति : २०८० जेष्ठ १० गते बुधवार