२०८२ बैशाख ५ गते शनिवार

योङ्ग कम्युनिष्ट लिग तुल्सिपुर नगर कमिटीद्वारा तुल्सिपुर उपमहानगरपालिका लाई ज्ञापनपत्र



तुलसीपुर उपमहानगरपालिका भित्र भएका बेथिति विरुद्ध वाईसिएलले ध्यानाकर्षण जनाएको छ । मंगलबार उपमहानगरपालिका प्रमुख टिकाराम खड्कालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

वाईसिएल तुलसीपुरका इन्चार्ज हेविन्द्र शाही, नगर अध्यक्ष विप्लव वली,उपाध्यक्ष नवराज महर, कोषाध्यक्ष सोनु थापा, सचिब देवराज वली, जिल्ला सदस्य भुवन थापा, खुम डाँगी, नगर सचिबालय सदस्य राकेश भण्डारीसहितको टोलीले ध्यानाकर्षण गराएको हो । तुलसीपुरमा बेथिति बढेको भन्दै यसलाई न्यूनिकर गर्न बिभिन्न सुझाब तथा कारण माग गरेको छ ।
यी छन्, ज्ञापन पत्रमा उल्लेख गरिएका कुराहरु

#. तुलसीपुर उपमहानगरपालिका ले सञ्चालनगर्दै आएको मेट्रो कलेजका प्रमुख लगाएत कर्मचारीको मासिक तलब सवारी साधनको सुविधा बारे ।
#. तुलसीपुर उपमहानगरपालिकाले वसपार्कमा रहेको मासु मार्केट हाल सम्म टेण्डरमा किन नगएको र विगतमा भएको टेण्डर पनी मिलेमतोमा खारेज किन गरिएको ? ३. बसपार्क भित्र हाल सञ्चालनमा आईरहेको पेट्रोल पम्पको लागी पहिले उपमहानगरपालिकाले नेपाल आयल

# निगमलाई धरौटी वापत बुझाएको रु ८,००,०००/- अझै सम्म किन फिर्ता नलिएको ?

#.तुलसीपुर उपमहानगरपालिका भित्रका विभिन्न निर्माणका योजनाहरु समयमै सम्पन्न भएतापनी सम्बन्धीत निर्माण कम्पनीहरुलाई रकम समयमै भुक्तानी किन नगरिएको ?

#. तुलसीपुर मासु मार्केट नजिकै रहेको कोशेली घरको तीस हजारको दरले दुईवटा कोठा भाडा दिएको र सो रकम

##तुलसीपुर उपमहानगरपालिकाले नबुझि कुनै व्यक्तिले बुझिरहेको भन्ने गुनासो आएको । ६. एक करोड तीस लाख बराबरको तरकारी बजारमा तुलसीपुर उपमहानगरपालिकाले लगानी गरेको तर त्यो भाडा माध्यमिक विद्यालय सेन्टरले लिने गरेको ।
#शंकर आचार्यको पालामा २०४९ / २०५४ सालमा मन्त्रीपरिषदबाट निर्णय गराई बसपार्क क्षेत्रको करिव पाँच विगाह जग्गा मध्यढाई(२.५) विगाह जग्गा विक्रि गरी थप बाँकी रहेको जग्गा पनी कनै टेण्डर आह्वान नगरी गुपचुपमा विक्रि गर्ने तयारी रहेको ।
#. गाँउ नगर साझेदारी विकास कोषको कार्यक्रमवाट वडा नं ३ मा रहेको देवकोटा भैसी फंमलाई बिना धरौटी २० लाख रकम उपलब्ध गराएको तर सोही कार्यक्रमको क्षेत्र पर्ने अन्य व्यक्तिले सबै प्रकृया पुरा गर्दा पनी रकम किन नपाएको ?
#. मनकामना पेपर उद्योग,दुनाटपरी उद्योग, मनकामना भैसी फर्म कोशेली घर लगाएतलाई विना धितो लाखौ रकम सहुलियत व्याजदरमा मिलेमतोमा ऋण दिएको तर पनी हाल सम्म साँवा / व्याज नतिरेको । पनी सम्बन्धीत उक्त फर्महरुले
#. नगरपालिकाको मातहतमा रहेका आफ्नो भवन सटरहरु विना टेण्डर मिलेमतोमा वर्षौं देखि सिमित फर्म र
व्यक्तिहरुलाई किन सञ्चालन गर्न दिईरहेको ?
#. नगरपालिका अहिलेको अवस्थामा आर्थिक हिसावले जर्जर हुँदा पनी आवश्यक भन्दा वढी कर्मचरीको नाममा आफ्ना केहि सिमित कार्यकताहरुलाई कार्यालय सहयोगी, फोहरमैला व्यवस्थापक, आदी शिर्षकमा भर्ति गर्ने गरेको ।
लगाएका बिषयमा ध्यानाकर्षण गराएकाे थियाे

प्रकाशित मिति : २०८० जेष्ठ २ गते मङ्गलवार