२०८१ बैशाख ४ गते मङ्गलवार

नेपाल प्रेस युनियन दाङको अध्यक्षमा नारायण खड्का चयन



बैशाख ३०

नेपाल प्रेस युनियन दाङको अध्यक्षमा नारायण खड्का चयन भएका छन् । शनिबार बाह्रकुने दहमा भएको साधारण सभा तथा ८ औ जिल्ला अधिवेशनबाट अध्यक्षमा खड्का सहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी खुला उपाध्यक्षमा गोपाल शर्मा भट्टराई, किरण बिक्रम शाह, महिला उपाध्यक्षमा पार्वती बस्नेत, सचिवमा अमर क्षितिज भण्डारी, सहसचिवमा सन्तोष केसी, समावेशी सचिवमा उमा भण्डारी, कोषाध्यक्षमा लिलाधर वली र सह कोषाध्यक्षमा सुशीला वली लगायतको कार्यसमिति चयन भएका छन् ।

प्रकाशित मिति : २०८० बैशाख ३१ गते आइतवार