नेपाली कांग्रेसले चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । श्रेष्ठ चितवनका पूर्वजिल्ला सभापति हुन् ।
त्यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। तर नागरिकता विवादका कारण सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो।
नेपाली कांग्रेसले तनहुँ-१ बाट गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
तनहुँ-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
मतदान आगामी वैशाख १० गते हुँदैछ ।