२०८२ बैशाख ७ गते सोमवार

दाङ तुल्सिपुरमा कार्यरत ट्राफिक प्रहरी जवान निरज भण्डारी फागुन महिनाकाे उत्कृष्ट ट्राफिक प्रहरी घोषित



दाङ  तुल्सिपुर
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा कार्यरत ट्राफिक प्रहरी जवान निरज भण्डारी लुम्बिनी प्रदेशभरको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् ।
झण्डै एक दशकदेखि नेपाल प्रहरी र ट्राफिक प्रहरीमा कार्यरत भण्डारीले दाङ जिल्लाको तुलसीपुर बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन, पार्किङ व्यवस्थापन, जेब्राक्रसिङ मार्किङ तथा चोरी गरी चलाएका लु ४३ प ४०५४ र रा ३ प ४६५८ नम्बरको मोटरसाईकल र कागजपत्र नभएका ३८ सवारी साधन नियन्त्रण लिएका थिए ।
भण्डारीलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले महिनाको उत्कृष्ट ट्राफिक प्रहरी छनोट कार्यविधि २०७९ अनुसार फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।
उत्कृष्ट प्रहरी भण्डारीलाई लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले एक कार्यक्रमका बीच सम्मान गरेका छन् ।

प्रकाशित मिति : २०७९ चैत्र ७ गते मङ्गलवार