फागुन २६
माल्टा र युकेका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यले आज माल्टाको राजधानीमा अबस्तिथ ग्रान्डमास्टर प्यालेसमा माल्टाका राष्ट्रपति जर्ज भेला समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयको छ ।
राष्ट्रपति भेलाले दुरीका बाबजुद पनि हालका वर्षहरूमा दुई देशबीचको सम्बन्धले गति लिएको बताए।
उनले माल्टामा रहेका नेपाली समुदायको उल्लेख गर्दै आर्थिक वृद्धि र सामाजिक संरचनामा योगदान पुर्याएको बताए । राष्ट्रपतिले प्रजातान्त्रिक मूल्यमान्यता, कानूनको शासन र मौलिक स्वतन्त्रताप्रति आपसी प्रतिबद्धताका माध्यमबाट नेपालसँग इयुको संलग्नतालाई माल्टाले समर्थन गर्ने बताउनुभयो । उनले राजदूतलाई आफ्नो कार्यकालमा माल्टाका शैक्षिक तथा तालिम संस्थाहरूसँग संलग्न हुन प्रोत्साहित गर्नुभयको छ ।
महामहिम आचार्यले माल्टासँग विशेषगरी शिक्षा र पर्यटनका क्षेत्रमा सम्बन्धलाई अझ प्रगाढ बनाउने आफ्नो योजनाको बिषयमा आफ्नो भनाई राख्नुभयको छ । पछिल्लो सन्दर्भमा, नेपालले माल्टामा पर्यटन क्षेत्रले वर्षौंमा सफलतापूर्वक विकास गरेको तरिकालाई नजिकबाट निहाल्दै नेपालले यसबाट सिक्नसक्ने कुराहरुमा जोड दिनुभयको छ । राजदूतले माल्टा र नेपालले ठोस पहल र परियोजनाहरू मार्फत विशेष गरी संयुक्त राष्ट्र संघको ढाँचामा बहुपक्षीयताप्रति निकै बलियो प्रतिबद्धता रहेको बताउनु भयको छ । उहाले जनवरी २०२३ मा सुरु भएको संयुक्त राष्ट्र सुरक्षा परिषद्को गैर-स्थायी सदस्यको रूपमा आफ्नो कार्यकालमा माल्टाले गरिरहेको कामको लागि बधाई दिनुभयो । एनआरएनए माल्टाका सदस्य रन्जित गिरी राप्ती सञ्चार जानकारी दिनु भएकाे छ








