२०८१ बैशाख ७ गते शुक्रवार

राप्ती ववई क्याम्पसमा अखिल क्रान्तिकारीको संगठन अध्यक्षमा भद्र ब. खत्रि



नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) दाङले राप्ती ववई क्याम्पसमा संगठन विस्तार गरेको छ । क्रान्तिकारीले स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै क्याम्पसमा संगठन विस्तार अभियानलाई जोड दिएको हो ।

कार्यक्रमले भद्र ब. खत्री (भुपेश)को अध्यक्षतामा ३७ सदस्यीय कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षहरुमा जेनु ढकाल ( शर्मा ) , बोधराज विश्वकर्मा, रिता थापा, र तिलकराज डागि रहेका छन, त्यसैगरी सचिबमा तेजराज बुढाथोकी सह- सचिबहरुमा लक्ष्मन वलि, भक्त ब. वलि र कोषाध्यक्षमा गौरि पौडेल रहेका छन । भने सदस्यहरु मा सन्जिता भण्डारी, यज्ञु बुढाथोकी, माया भुशाल, अस्मिता खत्री, भुपेन्द्र पुन लगायतका रहेका छन ।

पार्टी का जिल्ला सचीव विश्वराज आचार्यको प्रमुख आतिथ्यता एबम पुर्व विद्यार्थी केन्द्रिय उपाध्यक्ष एवम पार्टि नगर अध्यक्ष खुशीराम चौधरी र राप्ती ववई क्याम्पका क्याम्पस प्रमुख युवराज रावतको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा उद्योग व्यापार संगठनका केन्द्रिय सदस्य,नगर कमिति सदस्य तथा क्याम्प व्यवस्थापन सदस्य मिनराज भण्डारी, पुर्व विद्यार्थी सचिवालय सदस्य हेमन्त ओलि, केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) दाङ जिल्ला ईन्चार्ज बिन्दु खड्का लगायतले मन्तव्य राखेका थिए । राप्ती ववई क्याम्पस अखिल क्रान्तिकारीका विद्यार्थी टेकराज बुढाथोकीकोको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण अम्मर वि क ले गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते शुक्रवार