२०८१ बैशाख १ गते शनिवार

सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशी नयाँ मुख्यमन्त्री नियुक्तिको लागि परामर्शमा



 सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशी नयाँ मुख्यमन्त्री नियुक्तिको लागि परामर्शमा जुटेका छन् । बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएपछि प्रदेश प्रमुख जोशी नयाँ मुख्यमन्त्री नियुक्तिका लागि परामर्शमा जुटेका हुन् ।

उनले मुख्यमन्त्री पदमुक्त भएको पत्र आएपछि नयाँ मुख्यमन्त्री नियुक्ति अघि बढाउने तयारी गरेका छन् ।

संविधानको धारा १६८ (२) अनुसार २७ पुसमा मुख्यमन्त्री बनेका नेकपा एमालेका नेता रावलले विश्वासको मत नपाएपछि उनी बिहीबार नै पदमुक्त भएका हुन् ।

धारा १६८ (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत नपाएमा सबैभन्दा ठूलो दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

त्यस अनुसार १९ सिटसहित प्रदेशसभामा ठूलो रहेको नेपाली कांग्रेसको संसदीय दलको नेता कमल शाह मुख्यमन्त्री नियुक्त हुन सक्नेछन् ।

प्रकाशित मिति : २०७९ माघ २६ गते बिहिवार