माघ २३_
तुलसीपुरको एक सामुदायिक बनमा नवजात शिशुको शब फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ स्थित नवदुर्गा सामुदायिक वनमा जन्माएर फालिएको अवस्थामा शिशुको शव फेला परेको हो ।
आईतबार दिउँसो स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शिशुको शवलाई राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । बच्चालाई साल नालसहित फालिएको छ ।
बच्चा कसले फाल्यो, किन फाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार