२०८२ बैशाख ७ गते सोमवार

प्रधानमन्त्री प्रचण्डसँग भेट्न रवि लामिछाने प्रधानमन्त्री निवासमा



माघ १५ काठमाडौं  

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन भएका रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार साँझ भेट गरेका छन्। उनी प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट आइतबार नै नागरिकताको प्रमाणपत्र लिएका थिए। उनले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुअगाडि नै राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा दावी रहेको जनाएको थियो।

प्रकाशित मिति : २०७९ माघ १५ गते आइतवार