२०८२ बैशाख ७ गते सोमवार

तुलसीपुर होटल व्यवशायी समितीले महासंघका केन्द्रिय सदस्यलाईलाइ दियो बधाइ : राप्ती सञ्चार



भरतपुरमा पौष १९ र २० मा सम्पन्न होटल व्यवसायी महासंघको १० औँ साधारण सभा तथा चौथो महाधिवेशनबाट तुलसीपुरमा सत्कार पाहुना घर संचालन गर्दै आइरहेका होटल ब्यवशायी, तुलसीपुर होटल व्यवशायी समितीका सल्लाहकार , तुलसीपुर उधोग वानिज्य संघका पुर्व महासचिव समेत रहेका नेत्रलाल वली होटल व्यवशायी महांसघको केन्द्रिय समितीमा सर्वसम्मत निर्वाचित भएका हुन् । निर्वाचित वलीलाइ आज तुलसीपुर होटल व्यवशायी समितीले बिपी चोकमा रहेको कुमाख फुड क्याफेमा एक समारोह बिच बधाई तथा सम्मान कार्यक्रम गरेको छ उक्त सम्मान कार्यक्रमको अध्यक्षता समितीका अध्यक्ष श्री ईन्द्र बहादुर बस्नेतले गरेका थिय भने कार्यक्रम संचालन समितीका महासचिव तुफान के सी ले गरेका थिय!
स्वागत मन्तव्य समितीका सल्लाहकार प्रेम प्रकाश मल्ल राखेका थिय भने उक्त कार्यक्रम उपस्थित व्यवशायीहरुले टिका खादा लगायर बधाई तथा कार्यकाल सफलताको शुभकामना दियका थिय उक्त कार्यक्रममा बोल्दै नवनिर्वाचित केन्द्रिय सदस्य नेत्रलाल वलीले आर्थिक मन्दीको कारण धराशायी अवस्थामा पुगेका हाम्रा व्यवशायलाइ बिभिन्न नयां योजनाको साथ संचालन गर्नुको साथ तुलसीपुर होटल व्यवशायी समितीलाइ बलियो बनाउदै सम्पुर्ण व्यवशायीहरु संगठित गर्न सुझाव दिय ।
साथमा अब १ बर्ष भित्र आलु मन्डीमा रहेको तुलसीपुर होटल व्यवशायी समितीको भवनमा सभाहल नभयको कारण सभाहल बनाउन अगाडी बढ्न समितीलाई निर्देशन दिदै आफुले समितीले अपेक्षा गरेबमोजिम सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्दै समितीको आयोजनामा बधाई तथा शुभकामना कार्यक्रम गरी आफुलाई बढी नै जिम्वेवार बनायकोमा धन्यवाद व्यक्त गर्दै मन्तव्य राखेका थिय।
कार्यक्रमको सभा अध्यक्ष ईन्द्र बहादुर बस्नेतले महाधिवेशनमा जुन योजना लियर गयका थियौ हामी सफल भयर आयकोमा खुशी व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिय ।

प्रकाशित मिति : २०७९ पुष २३ गते शनिवार