
दाङ निर्वाचन क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले जनताले एमाले लाई जिताउने ढुक्क रहेको बताएका छन । तुलसीपुर मा रहेकाे एक टेलिभिजनमा अन्तवार्ता दिदै अाफुले हाल सम्म चुनाव नहारेको बताउदै यसपटक पनि जनताले साथ दिनेमा अाफु ढुक्क रहेको बताएका छन ।
निर्वाचनको मिति नजिकिए सगैं भेटघाट तथा घरदैलोमा जादा मतादाता उत्साहित भएको उनले बताए । उनले आफु नगर प्रमुख हुदा अन्यपालीकाले समेत लागु गर्न लायक कामहरु गरेको हुदा जनताले फेरी जिताउने विश्वास ब्यक्त गरेका छन ।
विद्यार्थी जिवन देखि हाल सम्मका चुनावमा नहारेको उनले बताएका छन । सामाजिक संघ सस्था देखि राजनितिक क्षेत्रमा हारको अनुभव नभएको उनी बताउछन् । पाण्डे २३ बर्षको उमेरमा तुलसीपुरको उपमेयरमा र २०७४ को स्थानिय तहको निर्वाचनमा सानदार मतका साथ विजयी भएका थिए ।
फेरि जित नै मा ढुक्क रहेका बताउने भयाे