
तुलसीपुर १८
दाङ निर्वाचन क्षेत्र नम्बर ३ क मा एमालेका प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले तुलसीपुर ३ वडा पहाडी क्षेत्रको विकासको लागी प्रतिबद्ध रहेको बताएका छन । आज तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ३ को थर्कोटमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले थर्कोट एक महत्व बोकेको हुदा यसलाई पर्यटयिक क्षेत्रका रुपमा विकास गर्ने समेत बताएका छन । सडक नपुगेको स्थानमा आफ्नै पहलमा सडक पुगेको बताउदै अव मैले जिते भने कालोपत्रे गरि पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने बताउनु भएकाे थियो
प्रदेशको प्रस्तावित मुख्यमन्त्री समेत रहेका पाण्डेले शिक्षा, स्थ्य र खानेपानीको दिगो रुपमा समाधान गर्ने बताएका छन । र । आफ् नगर प्रमुख हुदा तुलसीपुरमा सुरु गरिएको सुत्केरी भत्ता अहिले सबैतिर लागु भएको उनको भनाई थियो । फलस्वरुप तुलसीपुर अहिले मातृशिशुमृत्यदर शुन्य रहेको उनले बताएका थिए । फेरि एक पटक बिजय हुने बिकाशकाे मुल लहर हुने बताउनु भएकाे थियो
