२०८१ माघ २४ गते शुक्रवार

लुम्बिनी प्रदेश महिला फुटबल टिम बन्द प्रशिक्षणमा



२६ असोज,दाङ/ नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को तयारीका लागि लुम्बिनी प्रदेश महिला फुटबल टिम बन्द प्रशिक्षणमा रहेको छ ।

दाङ जिल्ला फुटबल संघ र जिल्ला खेलकुद बिकास समिती दाङको सहकार्यमा बेल्झुण्डी रंगशालामा असोज २४ गतेदेखि तीन दिने बन्द प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो ।
आज बुधबारसम्म चल्ने प्रशिक्षणमा दाङ जिल्लाका ८ र लुम्बिनी प्रदेशका अन्य जिल्ला बाके,रुन्देही,गुल्मी,बर्दियाका गरि २० जना महिला खेलाडी अभ्यासरत रहेको लुम्बिनी प्रदेश महिला फुटबल प्रशिक्षक जनक केसीले जानकारी दिएका छन् ।

अभ्यासरत लुम्बिनी प्रदेशको टिमले यहि असोज २८ गतेदेखि गण्डकी प्रदेशको पोखरामा हुन गईरहेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ सहभागिता जनाउनेछ ।
बन्द प्रशिक्षणको प्रशिक्षकमा लुम्बिनी प्रदेश महिला फुटबल प्रशिक्षक जनक केसीर पूर्व राष्ट्रिय खेलाडी तथा स्कुल स्पोर्ट्स एकाडेमीका प्रशिक्षक सुधिर गुरुङ रहेका छन। यसैबिच आज बुधबार दिउसो एक कार्यक्रमको आयोजना गरि लुम्बिनी प्रदेशको खेलाडी,टिम कोच र टिम म्यानेजर सहित २२ सदस्यीय टोलीलाई बिदाई गरिनेछ ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार