
तुलसीपुर ।
नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका उम्मेदवार रुपमा घनश्याम पाण्डेलाई अगाडी सारेको छ । संघीय उम्मेदवारका रुपमा सिफारिस भएपनि सम्पूर्ण प्रदेशको नेतृत्व गर्ने गरी उनलाई दाङ ३ क बाट उम्मेदवार बनाइएको हो । पाण्डे नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन् । प्रदेशको नेतृत्व गर्ने गरी उनलाई केन्द्रीय तहबाटै मुख्यमन्त्रीका रुपमा उम्मेदवार बनाइएको एमालेका एक नेताले बताए २०५४ सालमा तत्कालिन तुलसीपुर नगरपालिकाको उपप्रमुख भएका पाण्डे २०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेसका गेहेन्द्र गिरीसँग फराकिलो मतान्तरले विजय हासिल गरेका थिए । पाण्डेले नगरप्रमुखका रुपमा तुलसीपुरमा विभिन्न महत्वपूर्ण योजनाहरु सम्पन्न गरिसकेका छन् ।
प्रकाशित मिति : २०७९ असोज २२ गते शनिवार