२०८१ चैत्र १ गते आइतवार

बबई नदी किनारमा भेटिएको ३ जनाकाे शव पुरानाे



, २० असोज ।

बबई नदी किनारमा भेटिएको तीन जनाकाे शव पुरानाे भएको खुलेकाे छ । बबई नदीमा आएकाे बाढीले किनारमा गाडिएको शव उत्खनन् गर्दा किनरमा फेला परेकाे थियाे ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएको स्थानमा पुगेकाे प्रहरी र जनप्रतिनिधिको टाेलिले शव गाडिएको र बाढीले उत्खनन् गर्दा बाहिर भेटिएको निष्कर्ष निकालेकाे छ ।

तुलसीपुर-१३ बबरपुरमा शव फेला परेकाे थियाे । तुलसीपुर उपमहानगरपालिका-१३ का वडा अध्यक्ष माेहन पाैडेलले भेटिएको शव पुरानाे भएको र नदीले कतैबाट बगाएर नल्याएको, गाडिएको शव बाढीले उत्खनन् गर्दा बाहिर भेटिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ असोज २० गते बिहिवार