
सुरक्षित खानेपानीयुक्त समुदायका लागि प्राविधिक सहयोग वास कार्यक्रमको आयोजना भएको छ । त्रिवेणी गाउँपालिका आयोजनामा आयोजित पालिकास्तरीय खानेपानी गुणस्तर परिक्षण तथा अनुगमन सम्बन्धि १ दिने तालिम सम्पन्न भएको हो । युनिसेभ र हुरेकको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित १ दिने तालिमको उदघाटन कार्यक्रममा बोल्दै त्रिवेणी गाउँपालिका उपाध्यक्ष लेखमणी डागिले खानेपानी मानव जीवनको नभईनहुने तत्व भएको भन्दै यसतर्फ संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । खानेपानीको सरसफाई, खानेपानीको पहुँचमा बृद्धि मात्रै नभएर स्वच्छ खानेपानीको दिगो विकासका लागि त्रिवेणी गाउँपालिका गंभीर रहेको बताउनुभयो । त्रिवेणी गाउँपालिकाद्धारा सञ्चालित यस वास कार्यक्रमले स्वच्छ खानेपानीको उपलब्धताका लागि महत्वपूर्ण भुमिका खेलेको उहाँको जोड रहेको छ । गाउँपालिकाको सहयोगमा समुदायस्तरमा खानेपानीको चेकजाँच, शुद्धिकरण तथा विभिन्न कार्यहरुका लागि सहयोग प्रदान भैरहेको बताउँदै यसतर्फ समुदाय पनि सचेत हुन आग्रह गर्नुभयो ।
कार्यक्रमको औपचारिक सञ्चालन त्रिवेणी गाउपालिकाका प्रसाशन प्रमुख प्रेम प्रकाश पुनले गर्नुभएको थियो । पालिका उपाध्यक्ष लेखमणी डागिको अध्यक्षतामा भएको तालिमको उदघाटनसत्रमा त्रिवेणी गाउँपालिका वडा नशं. ५ का वडा अध्यक्ष कृष्णबहादुर के.सी, वडा नं. २ का वडा अध्यक्ष कविराज वुढा, प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के.सी , स्वास्थ्य शाखा प्रमुख पुर्ण वुढा, शिक्षा शाखा प्रमुख लिला घर्ती , सुचना प्रविधि शाखा प्रमुख भरत डि.सि, वास कार्यक्रम संयोजक हिमकर वली लगायत विभिन्न शाखा प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा खानेपानीसँग सम्बन्धीत रहेर गठन भएका समुदायका अगुवाहरुले तालिम प्राप्त गरेपश्चात आफ्नो समुदायमा पुगेर अरुलाई पनि सिकाउने र तालिमलाइ ब्यवहारमा प्रयोग गरेर स्वच्छ खानेपानीको प्रयाप्तताका लागि भुमिका खेल्ने भएका छन् । तालिममा सुरक्षित खानेपानीयुक्त समुदायको अवधारणा, मापदण्डहरू, प्रक्रिया, खानेपानी गुणस्तरविषयमा भक्तबहादुर बस्नेत,सुरक्षित खानेपानी सुरक्षा योजनाका बिषयमा नवदिप सिलवाल, खानेपानी गुणस्तर जाँच, पानीको क्लोरिन प्रयोगद्वारा निर्मलीकरण विषयमा राजकुमार बुढा ले प्रशिक्षण दिनुभएको थियो ।
खानेपानी आयोजनाको सबै प्रणालीहरुमा जोखिमको विश्लेषण तथा जोखिमको ब्यवस्थापन गर्ने विधि प्रदान गर्ने उदेश्यका साथमा कार्यक्रम आयोजना भएको हो । त्रिवेणी गाउपालिका वडा नं. ५ को हलमा आयोजित तालिममा सहभागिहरुले यस तालिम पश्चात समुदायमा स्वच्छ खानेपानीको पहुँच सँगै पानीको मुहानको संरक्षण, समुदायमा खानेपानीलाई सर्वसुलभ गराउन तथा मर्मत सम्भार गर्न कोषको स्थापना गर्ने, प्रयोगात्मक सिकाईबाट खानेपानीको स्वच्छताका लागि ब्यवहारमा लागु गर्न समुदायलाई उत्साहित बनाउने कुरामा जोड दिने भएका छन् ।
कार्यक्रममा नेर्पा बजार खानेपानी तथा सरसफाइ उपभोक्ता समिति नेर्पा,लिङदुङ बजार खानेपानी तथा सरसफाई उपभोक्ता समिति, लिङदुङ,गन्योलपानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति, हलंगा,देउराली खोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति, राइवाङ
मजुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारीहरुको पनि सहभागीता रहेकोमा थियोे ।