
दाङ्ग शान्तिनगर
१ असोज /
राष्ट्रिय स्वतन्त्र पार्टी शान्तिनगर गाउँपालिकाको सभापतिमा पुनु भण्डारी चयन हुनुभएको छ ।
जिल्ला सभापति ओपेन्द्र दाहालको अध्यक्षता तथा राष्ट्रिय स्वतन्त्र पार्टीको दाङ्ग क्षेत्र नं 3 बाट प्रतिनिधि सभा सदस्यका दावेदार कमल सुवेदीको प्रमुख आतिथ्यतामा भएको भेलाले भण्डारीको अध्यक्षतामा ७ सदस्य पालिका स्तरीय तदर्थ कार्यसमिति चयन गरेको छ ।जसमा उपसभापति बालिका बस्नेत,सचिब बमबहादुर वलि सदस्यहरु बिष्णु भण्डारी,बिष्न बि.क,हेमराज वलि,कमल बुढाथोकी रहनु भएको छ ।
सो कार्यक्रममा स्थानीय सहभागीको तर्फबाट लोकप्रसाद देबकोटा र पुनु भण्डारी ले मेरो परिकल्पनाको देश भन्ने बिष्यमा आ-आफ्ना महत्वोपुर्ण कुराहरु राख्नु भएको थियो भने, मुलुकका विकृति र विसंगतिलाई समाप्त गर्दै मुलुकलाई विकासको गतिमा अगाडि बढाउन एकढिक्का हनुपर्ने कुरामा समेत जोड दिनुभएको थियो साे
कार्यक्रमको सहजीकरण भक्त बहादुर डांगीले गर्नु भएको थियो ।