
दाङ्ग तुलसीपुर
२५भदौ / राष्ट्रिय स्वतन्त्र पार्टी बबईको अध्यक्षमा भक्त बहादुर डांगी चयन हुनुभएको छ ।
जिल्ला सभापति ओपेन्द्र दाहालको अध्यक्षता तथा पार्टीका लुम्बिनी प्रदेश सभापति सुजन ज्ञावालीको प्रमुख आतिथ्यता एवं जिल्ला सलाहाकार तथा युवा बुद्धिजीवी गोबिन्द अधिकारीको आतिथ्यतामा भएको भेलाले डांगीको अध्यक्षतामा ७ सदस्य पालिका स्तरीय तदर्थ कार्यसमिति चयन गरेको हो ।
सो समितिमा उपसभापति पबित्रा बि.क,सचिब डम्बर बहादुर गिरि,कोषाध्यक्ष प्रेम बहादुर के.सि र सदस्यहरुमा भिम बहादुर चौधरी,भोज बहादुर के.सि ,बिरबहादुर नेपाली रहनुभएको छ ।कार्यक्रमको सहजिकरण डम्बर बहादुर गिरिले गर्नुभएको थियो
प्रकाशित मिति : २०७९ भाद्र २५ गते शनिवार