२०८० जेष्ठ २७ गते शनिवार

विपत व्यवस्थापन समितिद्वारा दल बहादुर शाहुकाे परिवारलाई खाद्यान्न सहयोग



भदौ २० दाङ

रमेश वलि

तुल्सिपुर उप-महानगरपालिका वडा नं.३ का वडा अध्यक्ष वीर बहादुर बि.कको नेतृत्व तथा विपत व्यवस्थापन समितिको आयाेजनामा दलबहादुर शाहुकाे परिवार लाई खाद्यान्न चामल ,नुन ,तेल , दाल ओढ्ने कपडा विछ्याउने म्याट,आर्थिक रकम र अस्थायी चाैकि गाेटिखालालाई १ बाेरा चामल सहयोग गरिएको छ । खाद्यान्न र आर्थिक सहयाेग गर्दै बिरबहादुर बि.कले गरिब विपन्न वर्गलाई सेवा गर्ने आफ्नो प्रतिबद्धता रहेको बताउनुभयो । गास बास कपास अति विपन्न गरिब दु:खि सबैलाई सहयाेग गर्ने बताउनुभयो । साे अबसरमा नेपाली कांग्रेसका सभापति झुप लाल वली वडा सदस्य राजेन्द्र गुरुङ ,कर्ण बहादर बुढा महिला वडा सदस्य शान्ता राना, डिल्लीमाया नेपाली , माओवादी केन्द्रका ३ नं.वडा ईन्चार्ज सुरविर वली प्रहरी चाैकि गाेटिखाेलाका गिर बहादुर थापा ट्राफीक प्रहरी शालिकराम बुढाथोकी,

सहायक अधिकृत छैठौ सचिव तुलाराम के.सि लगायत उपस्थित हुनुभएको थियो। विपत व्यवस्थापन समिति वडा नं. ३ ले बाढीपहिरोले क्षति भएकालाई परिवार लाई पहिचान समेत बताउनु भएकाे थियाे

प्रकाशित मिति : २०७९ भाद्र २० गते सोमवार