
मुख्य ठूला आयोजनाहरू:
१) माडी दाङ्ग डाईभर्सन सिंचाई योजना अविलम्ब अगाडि बढाउन, २)राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीको पूर्बाधार विकास र मेडिकल कलेज सञ्चालन तथा भरतपुरमा इन्जिनियरिङ्ग कलेजको पूर्वाधार विकास तथा कक्षा सञ्चालन गर्न, ३)लुम्बिनी प्रदेशको राजधानी तत्काल दाङ सार्न र देउखुरीमा लुम्बिनी प्रदेश राजधानीको पूर्वाधार विकास गरी आधुनिक तथा ब्यबस्थित शहर विकास गर्न, ४)डिपिआर तयार भएको नारायणपुर अन्तर्राष्ट्रिय एरपोर्ट निर्माण गरी सञ्चालन मा ल्याउन , ५)दामोदर रोडलाई कालोपत्रे तथा अन्य क्षेत्र तथा जिल्ला भित्र सडक,पूल निर्माण गर्न, ६)दाङ्ग तुलसीपुर सल्यान लुहाम सुरुङमार्गको पहल गर्न, ७)दाङ घोराही _ स्वर्गद्वारी केबुलकार निर्माण योजना निर्माण गरी सञ्चालन गर्न,
८)भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास लाई ब्यबस्थित गरी विपन्न लाई जग्गा वितरण गर्न,तथा अन्य विकास र समृद्धिको कार्य सम्पन्न गर्न,
९) सब भन्दा ठूलो उद्योगको रूपमा रहेको कृषि क्षेत्रको व्यावसायीकरण, आधुनिकरणमा जोड दिई बजारमुखी उत्पादन वृद्धि गर्न र आत्मनिर्भर विशेष कार्यक्रम ल्याउन,
१०)समुह सहकारीको सहकार्यमा लघु उद्यम र उद्धमी विकास कार्यक्रम मार्फत रोजगारी सिर्जना गर्न।