
पवन पाेख्रेल
२०७९ भाद्र १८
राष्ट्रिय स्वतन्त्र पार्टी दाङ्ग जिल्ला अन्तर्गत गढवा गाउँ पालिका तदर्थ समिती आज गठन भएको छ ।
गढवा गाउँपालिकाकाे मुख्य केन्द्र बिन्दु गढवामा भएको उक्त भेलामा
जिल्ला सभापती ओपेन्द्र दाहालको सभापतित्व र देबराज पाठक को प्रमुख आतिथ्यतामा साथै बिशिस्ट अतिथि गाेबिन्द अधिकारी र अतिथि डिल्लीराज खनालकाे सहभागीतामा भएको भेलाले ७ सदस्यीय तदर्थ समिति चयन गरेको हो ।
जसको सभापति मुबारक अलि, उप-सभापति कस्तुरा न्याैपाने र सचिवमा तारा प्रसाद आचार्य चयन गरिएको छ ।
त्यसैगरी सदस्यहरुमा दिपा थापा, खुशल पाण्डेय, राजमान कुमाल, टुकलाल पाेख्रेल सर्वसहमत तदर्थ समितिमा चयन हुनुभएको छ ।

उक्त भेलामा समाजसेवी डिल्लीराज खनालले शुभकामना मन्तव्य राख्नु भएको थियाे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि देबराज पाठकले पार्टीले देशभरी ब्याप्त भ्रष्टाचारको अन्त्यका लागि जनताले सचेतना पुर्वक आ-आफ्नो ठाउँंबाट भुमिका खेल्नुपर्ने बेला आएको कुरा बताउनुभएको थियो । त्यसैगरी जिल्ला सभापति ओपेन्द्र दालालले कार्यक्रममा आफ्नो मन्तव्यकाे क्रममा पुराना राजानितिक दल लाई राजनितिको नाममा लाजनीति र कमाउधन्दा नगर्न खबरदारी गर्नु भएको थियो ।
मुलुकका विकृति र विसंगतिलाई समाप्त गर्दै मुलुकलाई विकासको गतिमा अगाडि बढाउन एकढिक्का हनुपर्ने कुरामा गाेबिन्द अधिकारीले जाेड दिनुभएको थियाे । साथै उक्त भेलाले गढवा गापाका वडाहरूमा यथाशीघ्र वडा कमिटी गठन गर्ने सहमति गरेकाे छ ।
कार्यक्रममा देउखुरी क्षेत्रका सक्रिय युवाहरूकाे उल्लेख्य सहभागीता रहेकाे थियाे । सहजीकण जिल्ला सचिब किसन ओलिले गर्नुभएको थियो ।