२०७९ चैत्र १६ गते बिहिवार

तुलसीपुर_३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन सभापति~ नारायण डांगि




रमेश वलि ~राप्ती सञ्चार अनलाइन ~
भदौ १८~
तुलसीपुर उपमहानगरपालिका वडा नं. – ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन गरिएको छ ।
तुलसीपुर नगर कमिटिका सभापती चित्र कुमार स्वर्णकारको अध्यक्षता र नगर सदस्य अनिल देबकाेटा,,लगाएत भेलाले ११ सदस्यीय कार्य समिति चयन गरेको छ
जसको अध्यक्षमा नारायण डांगि उपाध्यक्षमा मिलन आले,ठाकुर वलि, सचिवमा जिवन घिमिरे चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा ११ जना रहेका छन त्यहाबाट रमेश वलि जानकारी दिनुभयो ।
भेलामा नगर सदस्य चूडामणि कडेल( चेतन)ले राष्ट्रिय स्वतन्त्र पार्टीको आधारभुत एजेन्डा बारेमा प्रकाश पार्नु भएको थियो ।अब भबिस्य राष्ट्रिय स्वतन्त्र पार्टीको भएकाे बताउनु भएकाे थियो

कार्यक्रममा बोल्दै सभापति स्वर्णकारले पार्टीले देशभर आक्रामक रुपमा संगठन विस्तार गरिरहेको कुरा जानकारी गराउनुका साथै देशभरी ब्याप्त भ्रष्टाचारको अन्त्यका लागि जनताले सचेतना पुर्वक आ-आफ्नो ठाउँंबाट भुमिका खेल्नुपर्ने बेला आएको कुरा बताउनुभएको थियो । भने कार्यक्रमको सहजीकण सचिव मेघराज केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र १८ गते शनिवार