२०८१ बैशाख ७ गते शुक्रवार

विप्लव नेतृत्वको भोलि नेपाल बन्द



६ भदौ,दाङ/ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोली ७ गते नेपाल बन्दको घोषणा गरेको छ । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार एक दिने बन्दको घोषणा गरिएको पार्टी दाङ इन्चार्ज शितल वलीले जानकारी दिनुभयो ।

तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई गरिएको पक्राउ पर्जुी जारी, एमसीसी, भ्रष्टाचार, महंगीका बिरुद्धमा दाङ सहित देशैभर बन्दको घोषणा गरिएको इन्चार्ज वलीले बताउनुभयो । बन्द बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म गरिने छ । पार्टीले उठाएका एजेन्डालाई गठबन्धन सरकारले सम्बोधन नगरे अनिश्चितकालिन बन्द समेत गरिने वलीले चेतावनी दिनुभएको छ ।

बन्दको समयमा अस्पताल, होटल, चियाखाजा घर, एम्बुलेन्स, प्रेस, लगाएतका अत्यावश्यक सवारी साधन संचालन गर्न दिइने छ । प्रेसको दुरुपयोग धेरै भएकाले बास्तविक पत्रकार हो होइन भन्ने विषयमा भने अलि निगरानी बढाउने इन्चार्ज शितलले बताउनुभयो । बन्दमा सार्वजनिक सवारी साधन, उद्योगधन्दा, स्कुल, कलेज सबै भन्द गरिने पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ६ गते सोमवार