२०८१ माघ २४ गते शुक्रवार

तुल्सिपुर उपमहानगरपालिका वडा ३ ले भदौ ४ गते तिज मिलन कार्यक्रम गर्ने



भदाै ३

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै प्रान्तमा पनि मनाइन्छ। भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन्।यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्छन् । यहि तिजकाे अबसरमा तुल्सिपुर ३ का महिलादिदिबहिनिहरुले तिज मिलन कार्यक्रम गर्ने भएका छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ३ काे आयाेजनामा यहि भाद्र ४ गते हुनलागेको तिज मिलन कार्यक्रममा सम्पूर्ण महिला दिदीबहिनीहरुलाई उपस्थित काे लागि हार्दिक अनुराेध गरिएको छ ।

स्थान: तुलसीपुर ३ मा,बि दमारगाऊ स्कुलमा बिहान ११ बजे

 सम्पर्क, अनु खड्का  9868397716
           छवि खराल   9869959360

प्रकाशित मिति : २०७९ भाद्र २ गते बिहिवार