
२३ साउन, कपिलवस्तु / अखिल (क्रान्तिकारी) कपिलवस्तुले कपिलवस्तु जिल्लाका सबै सामुदायिक क्याम्पसहरूमा आज एकैदिन तालाबन्दी गरेकाे छ । पब्लिक क्याम्पस संघ, कपिलवस्तुले दुई हप्ता अघि कपिलवस्तुका पब्लिक क्याम्पसहरूले लिदैँ आएकाे मासिक शुल्क रू. ९७५/- प्रतिमहिनाबाट वृद्धि गरेर रू.१५००/- पूर्याएकाे थियोे । यसकाे बिराेधमा अखिल (क्रान्तिकारी)ले वक्तव्य देखि चरणबद्ध संघर्ष गर्दै आएकाे थियाे ।वृद्धि गरिएको शुल्क खारेज गर्न मनग गर्दै लुम्बिनी प्रदेश शिक्षा मन्त्री बसुद्दीन खाँलाई ज्ञापनपत्र पेश समेत गरेकाे थियाे । तर कुनै सुनुवाइ नभएपछि क्रान्तिकारीले आज सबै सामुदायिक क्याम्पसमा तालाबन्दी गर्नुपरेकाे अखिल (क्रान्तिकारी) कपिलवस्तु संयाेजक लक्ष्मी खनालले बताए ।यसबिचमा अखिल (क्रान्तिकारी)लाई कुनै जानकारी नै नगरि केही बिद्यार्थी संगठनहरूलाई सुटुक्क बाेलाइ विद्यार्थीकाे माग विपरीत सहमति गरेकाे प्रति बिद्यार्थीकाे व्यापक असन्तुष्टि जनाएकाछन् । बिद्यार्थीकाे माग सम्बाेधन नगरे थप सङ्घर्षमा जाने चेतावनीसमेत दिएकाे छ ।
