२०८१ साउन ६ गते सोमवार

जिप र अटो एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु



२२ साउन,पाल्पा / पाल्पामा जिप र अटो एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको रामपुर नगरपालिकाको बेझाड बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु १ ह ४१३८ नम्बरको अटो र तानसेनबाट रामपुर बेझाड जाँदै गरेको लु १ ज ४१३३ नम्बरको जिप सानी अमराईमा एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृत्यु हुनेमा निस्दी गाउँपालिका-२ निवासी ४५ वर्षीय चोपबहादुर ढेंगा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका ढेंगाको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको अस्पताललाई उद्धत गर्दै प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी रामपुर नगरपालिका-३ निवासी ३९ वर्षीय सुरेन्द्र थापा क्षेत्री, उनकी छोरी १० वर्षीय अञ्जली थापा क्षेत्री र १२ वर्षीय पुष्पा थापा क्षेत्री घाइते भएका छन् । उनीहरूको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतवार