२०८१ बैशाख ७ गते शुक्रवार

दाङको घोराहीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला




१७,साउन,घोराही / दाङको घोराहीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ ।आज मंगलबार बिहान ६ बजे घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित अटो भिलेज जाने बाटो छेउमा अन्दाजी ५०/५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ

प्रहरीका अनुसार मृत अवस्थामा फेला परेका पुरुषको नाम ठेगाना खुलेको छैन् ।
उनको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार