२०८१ बैशाख ६ गते बिहिवार

अखिल (क्रान्तिकारी) दाङ द्वारा घोराही उप-महानगरपालिकामा ५ बुदे माग पत्र



१६ साउन/ घोराही/ निर्मला खड्का- अखिल (क्रान्तिकारी) दाङ द्वारा शैक्षिक क्षेत्रमा देखा परेका विभिन्न खाले समस्याहरुलाई समाधानका लागि ५ बुदे माग पत्र घोराही उप-महानगरपालिका मा बुझाएको हो।

हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) शिक्षा क्षेत्रमा देखिएका तमाम खाले विकृति विसंगति तथा सामाजिक अपराध का विरुद्ध, राष्ट्रियता, जनतन्त्र र जना जीविका तथा विद्यार्थीहरुको हक हित र अधिकारको पक्षमा निरन्तर संघर्स गर्दै आईरहेको कुरा सबैमा सर्व विदितै छ। पछिल्लो समयमा नेपालको शैक्षिक क्षेत्रमा थुप्रै समस्या तथा संकट पैदा भएको स्थितिमा हाम्रो जिल्लामा पनि ती समस्याहरू बाट विद्यार्थी तथा अभिभावकले छुटकारा पाउने कुरा थिएन र मारमा परेको कुरा हामी सबैले महसूस गर्न सक्छौं। त्यसकारण हाम्रो गम्भीर ध्यानकर्षण भएको छ।हाम्रो संगठन संविधानमा व्यवस्था गरे बमोजिम शिक्षा सम्बन्धी आम नागरिकको हक सुनिश्चित गर्न महोदय मार्फत सरोकारवाला सबैलाई शिक्षा राज्यको दायित्व हो भन्ने बाेध गराउँदै निम्न मागहरु पेस गर्दछौं।साथै यी मागहरु यथाशीघ्र समाधान सहित सुनुवाईको जोडदार अपेक्षा गर्दछौं।यदि हाम्रो मागलाई वेवास्था गरिएको खण्डमा या ढिला सुस्ती गरिएको खण्डमा हाम्रो संगठन कडा संघर्सका कार्यक्रम गर्न बाध्य हुने छौ। त्यसबाट उत्पन्न सबै परिस्थितिको जिम्मेवारी सम्बन्धित निकाय हुने कुरा यसै माग पत्र मार्फत जानकारी गर्दछौं।
मागहरु :

१) नेपालको संविधान २०७२ को धारा ३१ को उपधारा २ मा प्रत्येक नागरिकलाई आधारभूत तह सम्मको शिक्षा अनिवार्य, निःशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने व्यवस्था अनुसार तत्काल कार्यान्वयन गरियोस।

२) सरकारी सामुदायीक विद्यालयको एउटै छानामुनि अङ्ग्रेजी माध्यमको नाममा विद्यार्थी तथा अभिभावकलाई गरिने आर्थिक शोषण बन्द गरियोस।

३) निजी शैक्षिक संस्थाहरूले वर्षै पिच्छे प्रत्येक कक्षामा भर्नाको नाममा विद्यार्थी तथा अभिभावकबाट असुल गरिने सबै शुल्कको खारेजी गरी पैसा फिर्ता गरियोस।

४) सबै शैक्षिक संस्थाहरूमा २०% छात्रावृतीको व्यवस्था गरियोस।

५) विद्यालय हाता भित्र हुने छात्रा हरु माथिको शोषण र अपराधको अन्त्य र छात्राहरुले सुरक्षाको महसूस हुने वातावरणको ग्यारेन्टी गरियोस।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार