२०८१ बैशाख ७ गते शुक्रवार

नेकपाद्वारा दाङ लगाएत देशव्यापी नागरिकता बिधेयक, एमसीसी र एसपीपी बिरुद्ध बृहत मसाल जुलुस



१५ साउन,दाङ / नेपाल कम्युनिष्ट पार्टी दाङले नागरिकता बिधेयक, अमेरिकी सहयोग परियोजना एमसीसी र शैन्यमोर्चा एसपीपीबिरुद्ध जिल्लाव्यापी मसाल जुलुस प्रदर्शन गरेको छ। जिल्लाका मुख्य शहर घोराही,तुलसीपुर,लमही र भालुबाङमा पार्टीका कार्यकर्ताहरुले मसाल जुलुस प्रदर्शन गरेका हुन।

मसाल जुलुसमा एमसीसी मुर्दावाद, एसपीपी खारेज गर, नागरिकता बिधेयक खारेज गर, दलाल संसदीय व्यवस्था मुर्दावाद लगाएतका नाराहरू लगाएका थिए ।तुलसीपुरको बिजौरीमा भएको कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजयले राष्ट्रघातीहरुलाइ देश निकाला गर्नुपर्ने बेला आएको बताए। ‘राष्ट्रघाती एमसिसी,एसपीपी सम्झौता,नागरिकता बिधेयकका दलालहरुलाइ चिनेका छौ,यिनिहरुलाइ देश निकाला गर्नुपर्छ ।’
नेता संजयले कुनैपनी हालतमा देशका विरुद्धमा जाने दलालका विरुद्ध पार्टीले संघर्ष गर्ने उद्घोष गरेका थिए।यस्तै दाङका विभिन्न मुख्य शहरहरुमा भएका मसाल जुलुस प्रदर्शन पछिको कोणसभालाइ नेकपा दाङका नेताहरुले सम्बोधन गरेको पार्टीले जनाएको छ।

नेकपासहित ४ दलिय मोर्चाले आज देशव्यापी मसाल जुलुस प्रदर्शन गरेको हो।

प्रकाशित मिति : २०७९ साउन १५ गते आइतवार