२०८१ चैत्र १ गते आइतवार

स्कुल बसले किच्दा ३ बर्षिया बालिकाको मृत्यु



तुलसीपुर / दाङमा आफ्नै विद्यालयको बसको पछाडिको टायरले किच्दा विद्यार्थीको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ७ मानपुर उत्तर टोल निवासी भिमसेन थापाकी तीन वर्षिया छोरी पुजा थापाको न्यू मुनराइज बोर्डिङ्ग स्कुलको ना ६ ख ६४३२ नम्बरको बसको टायरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

शुक्रबार बेलुका पौने पाँच बजेको समयमा सो घटना भएको थियो ।  बसबाट ओर्लने क्रममा पछाडीको टायरले किच्दा गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि लमही अस्पताल अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । विद्यालयको बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार