२०८० चैत्र १५ गते बिहिवार

सर्पको टोकाईबाट बिरामी परेका बालकको मृत्यु



१२ साउन/तुलसीपुर/सल्यानमा सर्पको टोकाईबाट बिरामी परेका बालकको घरमै झारफुक गर्दा मृत्यु भएको छ । मृत्युु हुनेमा बनगाड कुपिन्डे नगरपालिका –९ भँगेरी घर भई हाल शारदा नगरपालिका–६ बरला बस्दै आएका लालबहादुर बस्नेतको छोरा १३ वर्षीय अर्जुन बस्नेत रहेको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।

गएराति १२ बजे आफ्नै घरमा सुतेको अवस्थामा विषालु सर्पले टोकेपछि उनको घरमै झारफुक गर्नेक्रममा अवस्था गम्भिर बन्दै गपछि अस्पताल लगिएको थियो । बिहान करिब ५ बजे सल्यान जिल्ला अस्पतालमा लगिएको र उपचारको क्रममा करिब साढे ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताउनुभयो ।।

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार