२०८० चैत्र १६ गते शुक्रवार

प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध नाराबाजी



९ साउन,दाङ/प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएको एउटा कार्यक्रममा उनीविरूद्ध नाराबाजी भएको छ। कार्यक्रममा प्रधानमन्त्री देउवाले बोल्न खोज्दा पहिला एक जना युवाले ‘नागरिकता विधेयक फिर्ता गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं,’ भन्दै नारा लगाएका थिए। उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिँदालिँदै अर्का युवाले ‘एमसिसीको मतियार शेरबहादुर देउवा: मुर्दावाद’ भन्दै नारा लगाएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंले नाराबाजी गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार