२०८० मङ्सिर २४ गते आइतवार

मागेर एलिजा फाउन्डेसनको। समाजसेवा गर्ने रहर



साउन एलिजा फाउन्डेसनको। समाजसेवा गर्ने रहर लागेर एलिजाले आफ्नै नाममा फाउन्डेसन खोलेकी छिन् धुर्मुस-सुन्तलीले जस्तै।

एकीकृत बस्ती हुँदै चितवनमा अन्तर्राष्ट्रिय रङ्गशाला बनाउन लाग्दा थचक्कै बसेका छन् अहिले धुर्मुस र सुन्तली। उता एलिजा भने क्यानडामा भएर पनि नेपालमा समाजसेवीको रूपमा चर्चामा छिन्। हालै एक समाचार आयो एलिजा फाउन्डेसनले तेह्रथुमको फेदाप गाउँपालिकालाई निःशुल्क एम्बुलेन्स दिएको छ। फेदाम एलिजाको गृह क्षेत्र।

उनी क्यानडामा भएकाले एम्बुलेन्स अगाडि उभिएर फोटो भने खिचाउन पाइनन्। उनको तर्फबाट फाउन्डेसनको संरक्षकद्धय गीतादेवी भेटुवाल र भरत गौतमले गाउँपालिका अध्यक्ष केशवप्रसाद भटुवाललाई एम्बुलेन्स दिए।

चर्चा हेर्दा एलिजाले क्यानडामा दुख गरेर आर्जन गरेको धन खर्चिएर एम्बुलेन्स दिएर समाजसेवा गरेझैँ देखिए पनि त्यो उनले किनेको एम्बुलेन्स हैन। हरेक वर्ष भारतको स्वतन्त्रता दिवसमा नेपालस्थित भारतीय दूतावासले विभिन्न संस्थाहरूलाई बस अनि एम्बुलेन्सहरू दिने गर्छ।

त्यो एम्बुलेन्स त्यसरी नै दानमा आएको थियो। ऋषिको पत्रकारिता जस्तो भए पनि उनको प्रभाव त चल्छ नै। श्रीमतीको समाजसेवा गर्ने रहर पुरा गराउन उनले एउटा एम्बुलेन्स त्यो पनि भारतीय दूतावासबाट मिलाउन नसक्ने कुरै भएन।

एम्बुलेन्स आयो पनि। अनि क्यानडामा हुँदाहुँदै एलिजा नेपालमा त्यही सित्तैको दान अर्कोलाई दान दिएकोमा समाजसेवीको रूपमा चर्चामा पनि आइन्। मान्छेका रहर पनि के हो के।

प्रकाशित मिति : २०७९ साउन ७ गते शनिवार