२०८० मङ्सिर २५ गते सोमवार

बालविवाह गर्ने कसैलाई छुट छैन : अध्यक्ष बाँठा




रमेश देवकोटा , रुकुम पश्चिम ।
रुकुम पश्चिमकाे बाँफिकाेट गाउँ पालिका अध्यक्ष जनक कुमार बाँठा ले बाल बिवाहाकाे मुद्दा सरकारमा अयाे भने जाे सुकै भए पनि जस्तोसुकै परिस्थितिमा भए पनि कारबाहीको दाएरामा ल्याउने बताउनु भएको छ । गाउँ बाल क्लब सन्जाल समिति बाफिकाेट गाउँ पालिकाले आयाेजना गरेको अतिरिक्त प्रतियाेगितात्मक तथा शैक्षिक सामाग्री वितरणकाे उद्घाटन कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनु भएको हो । उक्त कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उहाँले स्थानीय सरकारमा बालविवाहकाे मुद्दा आयाे भने कुनै गरिबीको छाेराछाेरि हाेस या कुनै मन्त्रीको जसको भए पनि निति नियममा भए अनुरुपको सजाय हुन्छ । उहाँले भन्नू भयो ” बालविवाह गर्ने कसैलाई छुट छैन । हाम्रो पालिकामा कम्तीमा ५९ प्रतिशद बालबालिकाले बालविवाह गर्ने गरेका छन । यो हाम्रो समाजको लागि एउटा विकृतिको रुपमा भित्रीएकाे छ । अब यसको न्युनिकरणका लागि बिधालय , अभिभावक र बालबालिका आफै सचेत हुन जरुरि रहेको उहाँको भनाइ छ । कम उमेरमा विवाह र किशोरी उमेरमा आमा बनेपछि शारिरिक र मानसिक रुपमा तनाव बढ्ने र त्यसलै विभिन्न हिंसा सम्बन्धी र समन्ध विछेदका घटनाहरु निम्तिने उहाँको भनाइ थियोे ।
बालबालिकाकाे शिक्षामा सुधार ल्याउन हामीले सरकारकाे तर्फबाट विभिन्न नितिहरु ल्याएका छाैं । उहाँले भन्नू भयो बिधालयले अतिरिक्त क्रियाकलापहरु सन्चालन गर्ने सके बालबालिकाकाे ज्ञानका बृद्धिहुने भएको यस्ताे गर्ने उहाँ सबै बिधालयहरुलाई अनुरोध गर्नुभएको थियो ।
अर्को प्रसंगमा उहाँले पछिल्लो समय युवा हरुले जसरी भएपनि विदेश पलायन हुन साेच राखेको भन्दै यो साेच बाट टाढा रहन अाग्रह गर्नु भयो । राेजगारि अाफैले सिर्जना गर्न पर्छ उहाँले भन्नू कर्म गरे हाम्रो गाउँ ठाउँमा हिरा फल्छ , कसैकाे मुख ताख्नु पर्दैन । हामीले राेजगारिका लागि केही निति हरु ल्याएका छाै । हामी सफल भयौं भने राेजगारि सिर्जना गर्ने छाै ।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रवार