२०८१ चैत्र १ गते आइतवार

चुनावमा अन्तर्घात गरेकाे भन्दै एमालेका ,घनश्याम भूसाललाई कारवाही गरिने



जेठ २३

अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाही प्रक्रिया अगाडि बढाएको छ । अनुशासन आयोगले सचिवालय बैठक राखेर भूसाललाई आवश्यक कारवाहीका निम्ति पार्टीमा सिफारिस गरेको हो । पार्टी नेतृत्व विरुद्ध अभिव्यक्ति दिएकाले विधान बमोजिम कारवाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडाल बतउँछन्
। आवश्यक अनुसन्धान गरेर सिफारिस गर्ने हो, त्यो गरेका छौं बडाल भन्छन् ।।

एक कार्यक्रममा भूसालले स्थानीय चुनावमा जनताले एमालेको इतिहास र कार्यकर्ताको योगदानको कदर गरेपनि अध्यक्ष ओलीको कार्यशैलीकै कारण पराजित हुनुपरेको बताएका थिए । गत मंसिरमा चितवनमा सम्पन्न १०औं महाधिवेशनको प्रक्रियादेखि जिल्ला अधिवेशनहरुमा देखिएको शैली समग्रतामा असफल भएको प्रमाण चुनावबाट पुष्टि भएको भूसालको निचोड थियो । अहिलेकै शैली नछोडे एमाले थप संकटतिर धकेलिने पनि भूसालको निष्कर्ष थियो । यही अन्तर्वार्तालाई लिएर भूसाललाई कारवाही प्रक्रिया अगाडि बढाइएको छ । पार्टीको विरुद्धमा बोल्न मन लाग्यो भने पार्टी सदस्यताबाट राजीनामा दिनुपर्छ । र भूसाललाई कारवाही प्रक्रिया बढाइएपछि एमाले पाटिमा भने ठूलै तहल्का मचियाे

प्रकाशित मिति : २०७९ जेष्ठ २२ गते आइतवार