
तुल्सिपुर
जेष्ठ २१
तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ स्थित कालाखोला टोल बिकास संस्था ले आज एक कार्यक्रम गरि नबनिर्बाचित तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ का जनप्रतिनिधिहरु लाई स्वागत तथा अभिनन्दन गरेको छ।
टोल बिकास संस्थाका जेष्ठ नागरिक धनिराम पोख्रेल को अध्यक्षता एबम नबनिर्बाचित वार्ड अध्यक्ष राम बहादुर जिसि को प्रमुख आतिथ्यता मा भएको कार्यक्रम मा नबनिर्बाचित वार्ड प्रतिनिधिहरु
अध्यक्ष राम बहादुर जि.सि, वार्ड सदस्य मानबहादुर राना,शोभाराम भन्डारि ,महिला सदस्य डिला बिश्वकर्मा र देबियानी चौधरि लाई टोलबासीहरु ले फुलमाला ,अबिर र खादा लगाएर स्वागत एबम अभिनन्दन गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी एबम वार्ड अध्यक्ष रामबहादुर जिसि ले आफु र आफ्नो पदाधिकारी टोलि ले समग्र वार्ड को बिकास मा एकताबद्द भएर लाग्ने र जनताको आशा र भरोसालाई कहिले पनि निराशामा बदल्न नदिने प्रतिबद्धता प्रकट गर्नु भयो। समग्र वार्ड को बिकासका लागि आफू लाग्ने बताउनु भयो। आफ्नो टिमको अर्जुनदृस्टी भौतिक बिकासमा केन्द्रित रहेको बताउनु भयो। उहाँले भौतिक बिकास अन्तर्गत कालाखोला ,मटेरा हुँदै घुसरी जोड्ने बाटोको स्तर उन्नति आफुहरुको प्राथमिकता रहेको उहाले बताउनु भयो।
उक्त कार्यक्रममा बोल्दै टोल बिकास संस्थाकि प्रमिला भण्डारीले टोलमा भएका समस्याहरु समाधान गर्नका लागि यस वार्ड का जनप्रतिनिधिहरुले पहल गर्न अनुरोध र आग्रह गर्नु भएको थियोे । त्यसैगरि सोही कार्यक्रम मा बोल्दै टोल का दामोदर पोख्रेलले टोलको आधारभुत आबस्यकताहरु समाधान गर्नको लागि अनुरोध गर्नु भयो। उहाँले आधारभुत आबस्यकताहरु सडक, विद्युत,पिउने पानी,सिचाई जस्ता पुर्बाधारहरु निर्माण मा लाग्न र टोल मा रहेका सम्पुर्ण युबाहरुलाई खेलकुद मा जोड्नको लागि नबनिर्बाचित पदाधिकारीहरु लाई आग्रह गर्नु भयो।
देबिराम पोख्रेल को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन मित्रमणी पौडेल ले गर्नु भएको थियो।