२०८० चैत्र १५ गते बिहिवार

नेकपा एमाले द्वारा भोलि तुल्सिपुरमा बिजय र्‍यालीको आयोजना




दाङ
जेष्ठ १०
बैशाख ३० को स्थानीय तहको निर्बाचनमा दाङ का दुई उपमहानगरपालिका आफ्नै पोल्टामा राख्न सफल भएको नेकपा एमालेले भोलि तुल्सिपुरमा बिजय र्‍याली को आयोजना गर्दै छ।
तुल्सिपुर उपमहानगरपालिका को मेयर र उपमेयर को मतगणना को अन्तिम नतिजा यो समाचार तयार पार्दा सम्म नआए पनि दुबै पद मा नेकपा एमाले कै उम्मेदवारहरु को अग्रता कायम रहेको छ।
नेकपा एमालेले भोली दिउँसो १ बजे तुलसीपुरमा विजय र्‍याली निकाल्ने भएको छ । मेयर,उमेयर सहित अधिकाँस वडाहरु जित्ने निश्चित भएपछि नेकपा एमाले निर्वाचन परिचालन कमिटीको आयोजनामा विजय र्‍याली निकाल्न लागिएको हो ।

विजय र्‍याली एमालेको पार्टी कार्यालयबाट सुरु भएर मदन–आश्रीत चोक हुँदै तुलसीपुर बजार परिक्रमा गरेर विएसपाटी प्यालेसमा पुगेर सभामा परिणत हुने भएको छ । निर्वाचीत जनप्रतिनिधीलाई एमालेका माहासचिव शंकर पोखरेलले स्वागत तथा सम्मान गर्ने कार्यक्रम रहेको निर्वाचन परिचालन कमिटीका संयोजक तथा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेले जानकारी दिनुभएको छ । विजय जुलुसमा सहभागीताका लागि एमलेका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तक सबैमा केन्द्रिय सदस्य पाण्डेले आग्रह गर्नुभएको छ ।

निर्वाचन कार्यालयका अनुसार हालसम्म ६४ हजार बढी मत गणना गर्दा एमालेबाट मेयरका उम्मेदवार टिकाराम खड्काले २३ सय बढी मतले अग्रता लिनुभएको छ भने उपमेयरमा स्यानी चौधरीले ८ हजार बढी मतले अग्रता लिनुभएको छ । बैशाख ३० गते भएको निर्वाचनमा ७४ हजार मत खसेको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ १० गते मङ्गलवार