२०८० चैत्र १५ गते बिहिवार

वार्ड न ७ को अध्यक्षमा रामबहादुर जिसि निर्बाचीत: वार्डबासिहरु भन्छन् वार्डले गतिशिल प्रतिनिधि पायो




जेष्ठ ८

तुलसिपुर उपमहानगरपालिका वडा नं ७ मा गठवन्धनवाट नेपाली काङ्ग्रेसको तर्फबाट वार्ड अध्यक्षमा राम वहादुर जिसि निर्बाचित हुनुभएको छ।
अध्यक्षका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार डिल्लीराज भन्डारिलाई भारी मतान्तर ले पराजित गर्दै जि.सि अध्यक्षमा निर्बाचित हुनुभएको हो।
वार्ड सदस्यहरुमा भने मिश्रित नतिजा निस्किएको छ ।वार्ड सदस्य मा नेपाली काङ्ग्रेसका शाेभाराम भण्डारी , नेपालि काङ्ग्रेसकि दलित महिला सदस्य डिला विश्वकर्मा ,नेकपा एमालेकाे तर्फवाट सदस्यमा मानवहादुर राना र महिला सदस्यमा नेकपा एमालेकि दिवानि चाैधरी विजयी हुनु भएको हो।


उहाँहरु ले प्राप्त गरेको मतपरिणाम यस प्रकार रहेको छ:त
राम वहादुर जिसी अध्यक्ष (रूख) २४०५
मान वहादुर राना सदस्य (सुर्य) २०५८
दिवानि चाैधरी महिला सदस्य (सुर्य) १८७६
द.महिला सदस्य डिला विक (रूख) १९१८
सदस्य शाेभाराम भण्डारी (रूख) १९२७

वार्ड मा गठबन्दन बाट बागी उम्मेदवारी परेको थियो सो कारण पनि वार्ड न ७ को निर्बाचन लाई बडो उत्सुकताका साथ हेरिएको थियो।
जिसि निर्बाचित भए सङै वार्डबासिहरु ले वार्डको समग्र बिकास मा उहाको उल्लेखनीय भूमिकाको अपेक्षा गरेको बताएका छ्न।उनीहरु भन्छ्न वार्ड ले उहाको कार्यकालमा बिकास मा फड्को मार्ने अपेक्षा राखेका छ्न।

प्रकाशित मिति : २०७९ जेष्ठ ८ गते आइतवार