!
तुलसीपुर-०७
मा नेकपा एमालेका बिर बहादुर बिकको प्यानल बिजयी भएको छ । उहाँले १ हजार ९७७ मत प्राप्त गरि निर्वाचित हुनुभएको हो । उहाँ यसअघि पनि वडा अध्यक्ष हो । २०७४ सालको निर्वाचनमा १२१७ मतका साथ निर्वाचित हुनुभएको थियो ।
तुलसीपुरको तीन नम्बर वडामा नेपाली कांग्रेसको एक जना सदस्य र अरु सबै प्यानल नेकपा एमालेको पोल्टामा परेको छ । वडा नम्बर ३ मा १९०९ मत मत प्राप्त गरेर खुल्ला महिला सदस्यमा नेकपा एमालेका शान्ता राणा, दलित महिला सदस्यमा १८४४ मत प्राप्त गरी नेकपा एमालेकै दिलमाया नेपाली निर्वाचित हुनुभएको छ ।
यस्तै खुल्ला पुरुष सदस्यमा नेकपा एमालेका कणर् बहादुर बुढा १७३५ मत ल्याएर निर्वाचित हुनुभएको छ भने अर्को खुल्ला पुरुष सदस्यमा नेपाली कांग्रेसका राजेन्द्र गुरुङले १७५० मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ ।
प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार