२०८० चैत्र १६ गते शुक्रवार

वार्ड न ७ का वार्ड अध्यक्षका उम्मेदवारहरु भन्छन् :मिलेर अघि बढ्ने छौ




बैशाख ३०


डिल्लीराज भुसाल


तुलसीपुर उपमहानगरपालिका वार्ड न ७ का सम्पुर्ण अध्यक्ष उम्मेदवारहरुले मतदातालाई धन्यवाद ज्ञापन गरेका छन ।


नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार डिल्लीराज भण्डारी ,नेपाली काङ्ग्रेस को तर्फ बाट राम बहादु जि.सि.,स्वतन्त्र उम्मेदवार किरण डागि र स्वतन्त्र उम्मेदवार साउने चौधरी ( भीषण) ले
मतदान स्थलसम्म आएर आफुहरु लाई मतदान गर्ने सम्पूर्ण मतदाता, शुभचिन्तक लगाएत सहयोग गर्ने सबैप्रति धन्यवादन ज्ञापन गरेका हुन ।

त्यसैगरी स्थानिय तहको निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि मतदानमा सहभागी हुने मतदाता, सुरक्षाकर्मी, मतदान अधिकृत, कर्मचारी, पर्यवक्षक, संचारकर्मी, राजनीतिक दल, स्वयमसेवक, अधिकारकर्मी सबैप्रति आभार प्रकट गरेका छन ।

उनिहरु ले निर्बाचनमा आईसकेपछी एक को जित सुनिश्चित र बाकी तीन ले हार्ने भएकोले जिते पछि समग्र वार्ड्को बिकास मा लाग्ने प्रतिबद्धता जनाएका छ्न। पराजित जुनसुकै ब्यक्तीहरु ले निर्बाचित जनप्रतिनिधि लाई काम गर्ने बाताबरण मिलाउन आफ्नो तर्फ बाट पहल गर्ने बताएका छ्न।

निर्बाचन को तुष लाई यहि बिर्सेर अघि गइ समग्र वार्डबासिहरु को सेबक को रुप मा काम गर्नुपर्ने बताए ।निर्बाचन को क्रममै सामुहिक तस्वीर खिच्दै राजनितीमा जो जहाँ भएपनी वार्ड्को बिकास र वार्डबासिहरु को सेवामा तत्पर हुनुपर्ने बताए

प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार