२०८१ बैशाख ७ गते शुक्रवार

स्थानीय तह निर्बाचनको सम्पुर्ण तयारी पुरा :निर्बाचन आयोग




बैशाख २९
भोलि हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्बाचन आयोग ले जनाएको छ । आयोगका प्रवक्ता सूर्य प्रसाद अर्यालले आज पत्रकार सम्मेलनमार्फत निर्वाचनको सबै तयारी पुरा भएको जानकारी दिएका हुन् ।

निर्वाचन भयमुक्त र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आयोगले गत मंगलबार रातिदेखि नै मौन अवधि लागू गरेको थियो । मौन अवधिमा आचारसंहिताको पालनाका लागि नियमित अनुगमन संयन्त्रले काम गरिरहेको उनले बताए । मौन अवधिमा भएका आचारसंहिता उलंघनका घटनामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट समेत प्राप्त सूचनालाई आयोगले जानकारीमा लिएको बताए ।

प्रकाशित मिति : २०७९ बैशाख २९ गते बिहिवार