२०८२ बैशाख ४ गते शुक्रवार

समृद्ध वार्ड र समतामूलक समाज को लागि मेरो उम्मेदवारी हो : साउने चौधरी (भीषण )




बैशाख २५
डिल्लीराज भुसाल

स्थानीय तहको निर्बाचन मा देश र जनता को उत्थान र बिकास को लागि विभिन्न राजनैतिक दलहरु निर्बाचनमा होमिएको अबस्थामा केन्द्रको गठबन्धनको सरकार र त्यसको परिपत्र ले स्थानीय तहको निर्बाचनमा गठबन्धन को साझा उम्मेदवारहरु चुनाबी प्रचारमा लागिरहेको अबस्थामा मा तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ मा भने अलि पृथक दृश्य देख्न सकिन्छ।

तुल्सिपुर ७ मा तीन दलिय गठबन्धन रहेको र आफ्नो पार्टी नेकपा माओवादी को ठुलो जनमत हुदाहुदै पनि पार्टीको अस्तित्वनै संकटमा पार्ने उदेश्य देखे पछि तुल्सिपुर ७ बम्नै निबासी साउने चौधरी (भीषण ) ले स्वतन्त्र को तर्फ बाट अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ। म पार्टीको अस्तित्व रक्षाका लागि र सात न वार्ड का पार्टीकै सदस्य र आममतदाताको इच्छा र चाहाना मा लौरो चुनाव चिन्ह लिएर उम्मेदवार बनेको उहाँ बताउनुहुन्छ।

अगिल्लो स्थानिय तहको निर्बाचन मा झिनो मतान्तरले अध्यक्षले हार ब्यहोरेको र यश पटक राम्रो चुनाबी माहोल हुदाहुदैपनि सुनियोजित तरिकाले पार्टीलाई माइनस गर्न थालेको र सो को विरुद्ध आफ्नो उम्मेदवारी रहेको उहाँ बताउनु हुन्छ।
हिजोको सामन्ती सोच र प्रवृत्ति अहिले पुन देखिन थालेको प्रतिक्रियावादी ,पुरातन सोच ,प्रतीक्रान्ति र प्रतिगमन तर्फ जान नदिन र बर्गिय रुपमा पछि परेका सिमन्तकृत ,आदिबासी , जनजाती ,दलित ,महिलाको अधिकारको लागि आफू ले लौरो चुनाब चिन्ह लिएर अध्यक्ष पदमा चुनाबी मैदानमा होमिएको उहाँ बताउनु हुन्छ।
समग्र वार्डको बिकास र सिमान्तकृत जनताको अधिकारको लागि आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएको भन्नु हुन्छ। देश मा गणतन्त्र ,धर्मनिरिपेक्षता, समाबेशी र समतामूलक समाज को परिकल्पना नेकपा माओवादी रहेको र अहिले ती ब्यबस्था लाई यो वा त्यो बहानामा ड्रेल गर्न थालेको ले त्यसको रक्षाका लागि आफू चुनाबी मैदानमा आएको उहाँ बताउनुहुन्छ।
बिगत को स्थानीय सरकारले चरम भ्रष्टाचार ,बेथिति र अनियमितता गरेको र सो को पर्दाफास गर्न को लागि र समग्र वार्ड को बिकास को लागि म सदैब लागिरहेने छु भन्दै लौरो चुनाब चिन्हमा मतदान गर्न उहाले समग्र सात न वार्डका मतदाता लाई अपिल गर्नु भयो।
अहिले हरेक कोण बाट प्राप्त राजनीतिक उपलब्धि माथी प्रहार गरेको ले त्यसको रक्षाका लागि पनि लौरो चिन्ह मा मतदान गर्न अनुरोध गर्नु भएको छ।

प्रकाशित मिति : २०७९ बैशाख २५ गते आइतवार