२०८० जेष्ठ २३ गते मङ्गलवार

तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ लाई हरित नगरी र पर्यटनको हब बनाउछु: डिल्लीराज भण्डारि (अध्यक्षका उम्मेदवार नेकपा एमाले)




बैशाख २४
डिल्लीराज भुसाल
आसन्न स्थानीय तहको निर्बाचन नजिकिदै जादा निर्बाचन को माहोल आफ्नो पक्षमा पार्न को लागि राजनैतिक दलहरु आ-आफ्नो रणनीति अनुसार अघि बढिरहेका छन । सोही क्रममा अहिले जनताको घर दैलो मा पुगि जनता संग साक्षरत्कार गर्ने क्रियाकलाप गरिरहेको देखिन्छ ।यसै क्रममा तुल्सिपुर उपमहानगरपालिका वार्ड न ७ मा नेकपा एमाले को तर्फ बाट उम्मेदवारी दिनु भएका डिल्लीराज भण्डारीको टोलिले निर्बाचन केन्द्रित पहिलो चरण को भेट-घाटको कार्यक्रम सम्पन्न गरेको छ।


उक्त भेटघाट को कार्यक्रम बाट जनता सङ नजिक भएर जनताको भावना अनुसार अघि बढने उहाँ बताउनु हुन्छ।
आज राप्ती सन्चार अनलाइन सङ कुराकनी गर्दै उहाँले अब को निर्बाचन मा आफ्नो जित सुनिश्चित रहेको बताउनु हुन्छ। म र मेरो सम्पुर्ण टिमले जनताको समग्र बिकास मा ध्यान दिदै आगामी पाच बर्ष भित्र यश ७ न वार्ड लाई उपमहानगरपालिकाको नमुना वार्ड को रुपमा बिकास गर्ने बताउनु हुन्छ ।


बिकास का पुर्बाधार ,सामाजिक ,आर्थिक ,राजनैतिक मुद्दा हरु लाई सम्बोधन गर्दै जनताको जिबनमा प्रत्यक्ष परिवर्तन गर्ने उहाँ बताउनु हुन्छ।


आफू ब्याबसायी र पर्यटन उद्यमि भएको हुदा यो सात न वार्ड लाई नगरकै उत्कृष्ट पर्यटन नगरी बनाउने र हरित वार्ड र इको पर्यटन को हब बनाउने उहाँ बताउनु हुन्छ।
तुल्सिपुर को शान्ति उद्यम को पुर्ब पट्टीको खोला मा कृतिमा जलाशय निर्माण गरि त्यस जलासय बाट गणेशपुर ,तमाखे ,खर्चवा,नयाबस्ती आदि को बस्ती मा सिचाइ सुबिधा साथै सोही जलाशय बाट पुर्ब पट्टीको घुसरी मा खानेपानी को ब्यबस्थापन गर्ने र राप्ती शान्ती उद्यान मा जैविक बिबिधता पार्क र वाटर गार्डेन को बिकास गर्ने उहाँ बताउनु हुन्छ।


फरक प्रसङ्गमा बोल्दै उहाले आफुमा कुनै पनि आर्थिक लोभलालच नभएको हुदा आफू अध्यक्षमा निर्बाचित भए पछि कुनै पनि भ्रष्टाचार र आर्थिक अनियमित नहुने प्रतिबद्धता प्रकट गर्नु भयो।
बिगत को वार्ड को सरकार ले कोरोना महामारी को बेला मा गरेको भ्रष्टाचार ,अनियमितता लाई आफुले बाहिर ल्याउने र जनतालाई सुशासनको अनुभुति दिलाउने उहाँ बताउनु हुन्छ ।
वार्ड को एक मात्र सामुदायिक बिध्यालय उमाबी कालखोला मा प्राविधिक विषयको अध्ययन र गरिब , बिपन्न , दलितहरु लाई निशुल्क शिक्षा को ब्यबस्थापन गर्ने उहाँ बताउनु हुन्छ। सडक बिकास को तर्फ कालाखोला-घुसरी हुँदै पार्क जोड्ने बाटो लाई स्तर उन्नती र कालोपत्रे पहिलो प्राथमिकता रहेको उहाँ बताउनु हुन्छ। साथै बम्नै हुँदै नवलपुर – डाबर र मोहनपुर को बाटो को स्तर उन्नती र कालोपत्रे अर्को बर्ष सक्ने गरि काम गर्ने उहाँ बताउनु हुन्छ।


युबा लाई कृषि मा आकर्षण गर्न सके युबा रोजगार र कृषि क्षेत्रको बिकास हुने उहाँ बताउनुहुन्छ।युबा लाई उद्यम र प्राविधिक बिषय सङ अभ्य्स्त बनाउने आफ्नो योजना रहेको उहाँ बताउनु हुन्छ। उहाँ थप्नु हुन्छ” नेपाल को भूगोल र पर्यावरण लाई एकै साथ जोड्न सके युबा रोजगार बड्ने र गरिबि हट्ने हुदा मेरो पहल मा यस वार्ड लाई हरित नगरी को रुपम बिकास गर्ने लक्ष्य बोकेको छु।”


स्थानीय तहको निर्बाचन मा सात न वार्ड मा चुनाबी कस्को पक्षमा जानेहो त्यो अझै आकलन गर्न नसकिने स्थानीय बताउछ्न।

प्रकाशित मिति : २०७९ बैशाख २४ गते शनिवार