२०८१ कार्तिक २४ गते आइतवार

बिकृती,भ्रष्टाचार ,अनियमितबाट जनता आजित छ्न,अहिले को निर्बाचनमा म भारी मतान्तर ले बिजय हुन्छु : किरण




बैशाख २४
देश आसन्न स्थानीय निर्बाचनमय भएको यो अबस्थामा मा अहिले अलि फरक र पृथक रुपमा आफ्नो चुनाबी नारा र जनताको माग लाई लिएर तुलसीपुर उपमहानगरपालिका वडा नं ७ बाट स्वतन्त्र वडा अध्यक्ष पदका उमेदवार भिम बाहादुर डागी(किरण)निर्बाचन् मा पुतली चुनाब चिन्ह लीएर होमिनु भएको छ।


हिजो चुनाव लक्षित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार किरणले आफुले लोकप्रिय मतले ल्याएर बिजयी हुने समेत बताउनु भयो ।

नेकपाको समर्थनमा तुलसीपुर-७ बाट वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका किरणले भने– ‘मेरो कसैसँग प्रतिस्पर्धा हुने अवस्था छैन,अत्याधिक लोकप्रिय मत ल्याएर जित्छु।’
देशको सामन्ती ब्यवस्था अन्त्यको निम्ति, राष्ट्रघाती सम्झौताहरुको खारेजीको निम्ति, न्याय, समानता, स्वतन्त्रता, विकासको लागि आफ्नो उम्मेदवारी रहेको उहाँ बताउनु हुन्छ ।

परिबर्तन आफै बाट सुरु गर्नु पर्ने र पटकपटक राजनीतिक पार्टीका कार्यकर्ता लाई निर्बार्चित गराएर पठाइएका र उनिहरुले जनता लाई धोका र जनताको भावना मा लात हानेको र जनताहरु पनि ती टेस्टेड राजनैतिक पार्टी बाट आजित भएको ले बढ्दो भ्रष्टाचार ,बिकृती लाई समुल नस्ट गर्न को निम्ति आफुले आउदो निर्वाचनमा अत्यधिक मतान्तर ले बिजय हुने उहाको दाबी छ।


आसन्न स्थानीय तहको निर्बाचन मा वार्ड न ७ मा राजनैतिक सर्गर्मी र निर्बाचन को परिणाम लाई बडो महत्त्वका साथ हेरिएको छ। अहिले नै परिणाम यस्को पक्षमा आउने भनी अड्कल काट्न नसकिने स्थानीय बताउछ्न।

प्रकाशित मिति : २०७९ बैशाख २४ गते शनिवार