२०८२ असार २८ गते आइतवार

उद्योगपति डिल्ली बहादुर बस्नेत सहित एक सय बढी नेता तथा कार्यकर्ताले काँग्रेस पार्टी परित्याग: काङ्ग्रेस लाई ठुलो क्षति




बैशाख १५
लामो समय नेपाली काङ्ग्रेस को राजनीति गर्दै आउनु भएका तुलसीपुरका उद्योगपति डिल्ली बहादुर बस्नेत सहित एक सय बढी नेता तथा कार्यकर्ताले काँग्रेस पार्टी परित्याग गरेका छन् ।
पार्टीले आफुहरु माथि ठूलो अन्याय र अपमान गरेको भन्दै पार्टीको कृयासील सदस्य समेत नहरनेगरी पार्टी छोडेको उद्योगपति बस्नेतले बताउनुभयो ।
बस्नेतको नेतृत्वमा बसेको एक सय बढी नेता तथा कार्यकर्ताहरुको भेलाले पार्टी छोड्ने भन्दै सामूहिक निर्णय गरेको हो ।
दशकैदेखि निरन्तर रुपमा पार्टीलाई आर्थिक, नैतिक रुपले सहयोग गर्दै आएपनि आफुलाई बारम्बार पाखा लगाउने काम भएको हुँदा अपेहेलित भएर पार्टीमा बस्न मन लागेन पार्टी छोड्यौ ।’ उद्योगपति बस्नेतले भन्नुभयो ।
तुलसीपुरमा बस्नेतको नेत्वमा ठूलो समूहले काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरेपछि गठबन्धनलाई ठूलो धक्का पुगेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १५ गते बिहिवार